शिक्षकहरूका सङ्घ संगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको निर्णय, शिक्षा ध्वस्त पार्ने यिनै

 हिजो शिक्षामन्त्री महावीर पुनले शिक्षकहरूका सङ्घ संगठनलाई मान्यता नदिने भन्दै ध्यानाकर्षण गराएपछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामन्त्री महावीर पुनलाई राति सुत्ने बेलामा संविधानको धारा ३४, श्रम ऐन, शिक्षा ऐन, शिक्षा नियमावली पढेर सुत्न आग्रह गरेका थिए । जसको जवाफ स्वरूप पुन: मन्त्री महावीर पुन भन्छन् - "मैले हिजो जारी गरेको सूचनाको बारेमा - संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाईने छैन भनेर सुचना गरेको हो।


 सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सो सुचना प्रकाशित गरिएको हो। त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो। सो सम्बन्धि सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला। अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने बिनम्र अनुरोध छ। "नविराउनु नडराउनु" भन्ने नेपाली उखान छ नि।

 शिक्षकहरूका सङ्घ संगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको निर्णय, शिक्षा ध्वस्त पार्ने यिनै



Comments

Popular posts from this blog

शिक्षा विधेयक: सबै तहका शिक्षकलाई शैक्षिक योग्यता र स्थायि सेवा अवधिको आधारमा बढुवा गर्ने