ECD शिक्षक १२०००, विद्यालय कर्मचारी, १०००० सहायक कर्मचारीलाई १५००० रकम स्थानीय तहलाई निर्देशन

 मन्त्री महाबीर पुनले विद्यालयका बाल कक्षा शिक्षक तथा कर्मचारीले सरकारले तोकेको न्युनतम तलब नपाइरहेको भन्दै स्थानीय तहलाई तत्काल जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्। शिक्षा मन्त्रालयका अनुसार बाल कक्षा शिक्षकका लागि १२,००० रुपैयाँ, विद्यालय सहयोगीका लागि १०,००० रुपैयाँ र विद्यालय सहायक कर्मचारीका लागि १५,००० रुपैयाँ संघीय सरकारमार्फत पठाइसकिएको छ, र न्युनतम पारिश्रमिक पुग्न बाँकी रकम आवश्यक भए स्थानीय सरकारले थप्नुपर्ने व्यवस्था रहँदै आएको छ। मन्त्रालयका अनुसार देशभर करिब ७०० स्थानीय तहले न्युनतम पारिश्रमिक अनुसार तलब वितरण गरेको जानकारी आए पनि धेरै स्थानीय सरकारले अझै पूर्णरूपमा कार्यान्वयन नगरेको देखिन्छ। पुनले यसलाई कर्मचारी तथा बाल शिक्षकप्रति अन्याय भएको भन्दै स्थानीय सरकार र सरोकारवाला निकायलाई तत्काल सचेत हुन अनुरोध गरेका छन्।



ECD शिक्षक १२०००, विद्यालय कर्मचारी, १०००० सहायक कर्मचारीलाई १५००० रकम स्थानीय तहलाई निर्देशन


Comments

Popular posts from this blog

शिक्षा विधेयक: सबै तहका शिक्षकलाई शैक्षिक योग्यता र स्थायि सेवा अवधिको आधारमा बढुवा गर्ने