शिक्षा विधेयक: १२ वर्षमा आवधिक बढुवा, शिक्षकको विशिष्ट श्रेणी राख्ने सहमती,
विद्यालय शिक्षा विधेयकमा अब शिक्षकहरूलाई श्रेणी र तहअनुसार स्पष्ट रूपमा वर्गीकरण गरिने सहमति जुटेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा यस्तो समझदारी बनेको हो। कक्षा ३ सम्मका लागि कक्षागत शिक्षक र कक्षा ४ देखि १२ सम्मका लागि विषयगत शिक्षक राख्ने प्रस्ताव छ। यससँगै शिक्षक सरुवा, बढुवा, र अवकाशसम्बन्धी नियमहरू पनि स्पष्ट पारिने भएका छन्।
नयाँ व्यवस्था अनुसार शिक्षकलाई तीन श्रेणीमा बाँडिनेछ– तृतीय, द्वितीय र प्रथम। तृतीय श्रेणीबाट सेवामा प्रवेश गर्ने शिक्षकले १२ वर्षपछि द्वितीयमा र त्यसपछि १५ वर्षको सेवापछि प्रथम श्रेणीमा पुग्नेछन्। प्रथम श्रेणीमा सात वर्ष बिताएपछि विशिष्ट श्रेणीमा पुग्न सकिनेछ। यसले शिक्षकको सेवा सुरुवातदेखि उन्नतिको स्पष्ट मार्गचित्र तयार गर्ने विश्वास गरिएको छ।

Comments
Post a Comment