Breaking: शिक्षक महासंघद्वारा आन्दोलनको मिति सार्वजनिक, आन्दोलनमा सहभागी हुन आग्रह

 


शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी अर्का आन्दोलनको संकेत गर्दै आफ्नो फेसबुकमा लेख्नुहुन्छ : 

शिक्षा उपसिमितिको प्रतिवेदनः
   शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेश गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो । 
 यसले अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी / करार, सिकाइ अनुदान, प्राविधिक धार, विेशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमती वमोजिम न्याय गरेन । आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो । सरुवा झन् शिक्षक मारा भयो । अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन भएन । विभागीय कार्यबाही जस्ताको तस्ते रहयो । बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन । सबैलाई अन्याय गर्न खोजियो । वि.सं.२०७५, २०७८ र २०८० मा भएका सबै सहमतीलाई लत्याइयो । भरखरै भएको २०८१ / ०८२ को आन्दोलनलाई पनि विर्सिएको देखियो । 
अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन ।
#Teachers #Nepal #Laxmikishorsubedi

Comments

Popular posts from this blog

शिक्षा विधेयक: सबै तहका शिक्षकलाई शैक्षिक योग्यता र स्थायि सेवा अवधिको आधारमा बढुवा गर्ने