रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश सहितको संयुक्त इजलासमा

 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि पेशीमा चढेको छ । प्रधानन्यायाधीस प्रकाशमान सिंह राउत स्वयंले रिटको सुनवाइ गर्ने भएका छन् ।


राउतसहित न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुनवाइ गर्ने भएको छ । यसअघि पटक–पटक हेर्न नमिल्नेमा परेर सुनवाइ स्थगित हुँदै आएको थियो । ६ पटक पेशीमा चढेकोमा ५ पटक हेर्न नमिल्नेमा परेको थियो भने एक पटकमात्रै सुनवाइ भएको छ ।



बन्दी प्रत्यक्षीकरणजस्तो सम्वेदनशील मुद्दामा पनि ढिलासुस्ती भइरहेको भन्दै रविका कानून व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।

Comments

Popular posts from this blog

शिक्षा विधेयक: सबै तहका शिक्षकलाई शैक्षिक योग्यता र स्थायि सेवा अवधिको आधारमा बढुवा गर्ने